सम्झौताअनुसार जनकपुरधामको मुटुमा अवस्थित श्रीराम मन्दिर गुठीअन्तर्गतको उक्त चार कठ्ठा जग्गामा महासङ्घले भवन निर्माण गर्नेछ।
सम्झौतापछि आयोजित संक्षिप्त समारोहमा नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले गुठी संस्थानप्रति आभार प्रकट गर्दै यस सम्झौताले प्रदेशस्तरीय पत्रकारिता पूर्वाधार निर्माणमा नयाँ युगको सुरुवात गर्ने विश्वास व्यक्त गरे।
समारोहमा नेपाल पत्रकार महासङ्घका केन्द्रिय लेखा समिति अध्यक्ष केसी लामिछाने, प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, मधेश प्रदेश समितिका सचिव शैलेन्द्र क्रान्ती, सदस्य अजय साह, गुठी संस्थानका प्रतिनिधि तथा सरोकारवाला निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
यो सम्झौतासँगै नेपाल पत्रकार महासङ्घ मधेश प्रदेश समितिले दीर्घकालीन स्थायी पूर्वाधार विकासमार्फत पत्रकारिता क्षेत्रलाई अझ व्यवस्थित, सुदृढ र प्रभावकारी बनाउने दिशामा ठोस कदम चालेको छ।
पाठक प्रतिक्रिया
टिप्पणी गर्न Google खाताबाट लगइन गर्नुहोस्।
Google बाट लगइन गरेर टिप्पणी गर्नुहोस्अहिलेसम्म प्रकाशित टिप्पणी छैन।