डोल्पा २२ कात्तिक । 

विज्ञापन

डोल्पास्थित जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका कैदीहरूमध्ये थप दुई जना पक्राउ परेका छन्। उनीहरूलाई त्रिपुरासुन्दरी नगरपालिका–४ रंग गाउँभन्दा माथिको जङ्गलबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

विज्ञापन

प्रहरीका अनुसार पक्रा우 पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–४ का धनबहादुर बुढा (हरिबहादुर बुढा) र जाजरकोटको बारेकोट गाउँपालिका–१ का यज्ञ विक रहेका छन्। लुकिछिपी बसेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरीले जानकारी दिए। पक्राउ परेका दुवै जना जवरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हुन्।

विज्ञापन

योसँगै गत कात्तिक १४ गते कारागारबाट फरार भएका कुल ८ जना कैदीमध्ये पक्राउ पर्नेको संख्या ६ पुगेको छ। यसअघि त्रिपुरासुन्दरी नगरपालिका–७ का कालीप्रसाद रोकाया, जाजरकोट नलगाड–९ का कपिल परियार, रुकुम पश्चिम आठबिसकोट–१० का रामबहादुर विक र सल्यान कुमाख–५ का रेशम राना पक्राउ परिसकेका छन्। तीमध्ये रामबहादुर र रेशमलाई गत मङ्गलबार बिहान रुकुम पश्चिमको आठबिसकोटस्थित खोलीबगरमा जिप जाँच गर्ने क्रममा पक्राउ गरिएको थियो।

विज्ञापन

कारागारबाट सुरुङ खनेर फरार भएका ८ जनामध्ये अझै दुई जना फरार रहेको प्रहरीले जनाएको छ। फरार हुनेमा चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का तिलक भण्डारी र वडा नं ३ का आदेश भण्डारी रहेका छन्। उनीहरूको खोजीकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

विज्ञापन