काठमाडौँ  २२ कात्तिक ।

विज्ञापन

राजधानीको बालुवाटारस्थित एक रेष्टुरेन्टमा जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले पौने ७ लाख रुपैयाँभन्दा बढी नगदसहित ९ जनालाई नियन्त्रणमा लिएको छ।

विज्ञापन

काठमाडौँ महानगरपालिका–४ बालुवाटारमा रहेको 'नेपाल हाउस रेष्टुरेन्ट' मा जुवा खेलाइरहेको विशेष सूचनाका आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको टोलीले आइतबार दिउँसो उनीहरूलाई पक्राउ गरेको हो।

विज्ञापन

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाका अनुसार जुवाखालबाट नगद रु. ६ लाख ८५ हजार १९५ र ९ बुक तास बरामद गरिएको छ।

विज्ञापन

पक्राउ पर्ने व्यक्तिहरू:

विज्ञापन
  1. सुनिल श्रेष्ठ (४९ वर्ष) – काठमाडौँ–४

  2. सहिद महमद (३७ वर्ष) – काठमाडौँ–४

  3. सरोज कार्की (२८ वर्ष) – काठमाडौँ–४

  4. सोनाम शेर्पा (३१ वर्ष) – बुढानिलकण्ठ–१२, काठमाडौँ

  5. अनिल लामिछाने (२२ वर्ष) – ललितपुर–२५, ललितपुर

  6. गणेश मान श्रेष्ठ (३७ वर्ष) – काठमाडौँ–२

  7. अनिल भण्डारी (३४ वर्ष) – काठमाडौँ–४

  8. ताराविर तामाङ (३५ वर्ष) – सभापोखरी–६, संखुवासभा

  9. महेन्द्र खनाल (२१ वर्ष) – नेचासल्यान–३, सोलुखुम्बु

पक्राउ परेका सबैजनामाथि जुवा ऐनअन्तर्गत थप अनुसन्धान तथा कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।