गाँजा मुद्दामा फरार सप्तरीस्थित सुरुङ्गाको रास्वपा नगर सभापति पक्राउ
जनकपुरधाम । प्रतिबन्धित लागुऔषध गाँजा मुद्दामा फरार रहेका सप्तरीको सुरुङ्गा नगरपालिकाका एक राजनीतिकर्मीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका–५ का ४७ वर्षीय मोहम्द साबीर अली रहेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुरुङ्गा …
जनकपुरधाम । प्रतिबन्धित लागुऔषध गाँजा मुद्दामा फरार रहेका सप्तरीको सुरुङ्गा नगरपालिकाका एक राजनीतिकर्मीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका–५ का ४७ वर्षीय मोहम्द साबीर अली रहेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुरुङ्गा नगर सभापति हुन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालका अनुसार अलीलाई बुधबार बिहान सप्तरीको कदमाहा क्षेत्रस्थित रास्वपाको नगर पार्टी कार्यालयबाट पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय लहानको टोलीले भेडिया इलाका प्रहरी कार्यालयको सहयोगमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार २०८१ मङ्सिर २९ गते सिरहाको धनगढीमाई नगरपालिका–१० स्थित जिरोमाइलमा पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनापछि कारबाट एक क्विन्टल ३० किलो गाँजा बरामद भएको थियो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.३ ख ७५९१ नम्बरको ट्रकले उत्तरबाट दक्षिणतर्फ राजमार्ग पार गर्न लागेको बा.८ च ९९६३ नम्बरको कारलाई ठक्कर दिएको थियो । दुर्घटनापछि कार छाडेर चालक फरार भएका थिए ।
त्यसपछि प्रहरीले कार खानतलासी गर्दा पाँचवटा पोकामा राखिएको एक क्विन्टल ३० किलो गाँजा बरामद गरेको थियो । उक्त घटनासम्बन्धी लागुऔषध मुद्दामा अली फरार प्रतिवादी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनलाई पक्राउ गरी घटनासम्बन्धी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।
यो पढेर कस्तो महसूस भयो?
neelamb
पाठक प्रतिक्रिया
टिप्पणी गर्न Google खाताबाट लगइन गर्नुहोस्।
Google बाट लगइन गरेर टिप्पणी गर्नुहोस्अहिलेसम्म प्रकाशित टिप्पणी छैन।