वीरगन्ज, २४ भदौ ।
वीरगन्ज महानगरपालिका–१६, लिंकरोडस्थित होटल अमन प्यालेसमा सशस्त्र प्रहरीले छापा मारेर ठूलो परिमाणमा लागूऔषध ब्राउन सुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोको टोलीले बुधबार दिउँसो होटलमा छापा मारेको हो। छापाका क्रममा होटलको कोठा नम्बर २०५ मा बसेका भारत बिहारको रक्सौल–१३ निवासी करिब ३५ वर्षीय विशाल कुशवाहालाई १३२ ग्राम ३२ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
कुशवाहाको साथबाट ब्राउन सुगरसँगै बीआर ०५ बीएस ०४१९ नम्बरको कालो मोटरसाइकल, एक थान एन्ड्रोइड मोबाइल, नेपाली नगद ३२ हजार १०० रुपैयाँ र भारतीय नगद ४ हजार २०० रुपैयाँ समेत बरामद गरिएको छ। ब्राउन सुगरसहित पक्राउ परेका कुशवाहालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।
neelamb
पाठक प्रतिक्रिया
टिप्पणी गर्न Google खाताबाट लगइन गर्नुहोस्।
Google बाट लगइन गरेर टिप्पणी गर्नुहोस्अहिलेसम्म प्रकाशित टिप्पणी छैन।