वीरगञ्ज, २४ भदौ । पर्सा प्रहरीले लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
लागूऔषध ब्राउन सुगरको खरिद–बिक्री तथा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीको विशेष टोलीले बुधबार वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुर चोकको सडकखण्डमा चेकजाँच गरेको थियो।
जितपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट DL12 CL 1984 को कारलाई रोकी जाँच गर्ने क्रममा चालक बस्ने सिटको माथिल्लो भागमा लुकाइछिपाइ राखिएको प्लास्टिकभित्र ७ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
बरामद पदार्थ तथा सवारीसाधनसहित भारत, बिहारको पूर्वी चम्पारण, रक्सौल, पुरैनिया लोहडिया वडा नं. ५ बस्ने ३१ वर्षीय दिनेश प्रसादलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका प्रसादमाथि बरामद पदार्थको परीक्षण तथा घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
neelamb
पाठक प्रतिक्रिया
टिप्पणी गर्न Google खाताबाट लगइन गर्नुहोस्।
Google बाट लगइन गरेर टिप्पणी गर्नुहोस्अहिलेसम्म प्रकाशित टिप्पणी छैन।