वीरगंज २२ मंसिर । वीरगंज कपडा बैंकले विश्वप्रसिद्ध गढिमाइको पन्चवर्षिय मेलाको अवसरमा निशुल्क कपडा बितरण गरेको छ । बारा कुर्मी सेवा समितिको पन्डाल मेला परिसरमा आयोजना भएको कार्यक्रममा ४ हजार कपडा बितरण गरिएको वीरगन्ज कपडा बैंकका सचीव कन्हैया पटेलले बताए । कपडा  बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष मनोज मिश्रा,  संरक्षक सुरेन्द्र कुर्मी, सल्लाहकारहरु अधिवक्ता पन्नालाल गुप्ता, केदार गुप्ता , पवन गुप्ता, सदस्यहरु संजय पटेल, राजेश पटेल, विशेस्वर पटेल, आकाश पटेल, श्रवन बहादुर रायमाझी, राजेन्द्र भट्टराई  जानकी देविलगायतको सहभागिता रहेको थियो ।
				
 
				 
															 
															 
								













 
														 
														 
														